जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमायो राष्ट्रपति भण्डारी
असोज ३०, २०७९काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् । उनले जोशीको निधनले आफूलाई पीडाबोध भएको पनि बताएकी छन् । ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’
सबै पढ्नुहोस