माओवादीले पनि टुङ्ग्यायो नयाँ तीन मन्त्री
माघ ११, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने थप तीनजना मन्त्रीको नामावली फाइनल गरेको छ । माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गङ्गानारायण श्रेष्ठलाई मन्त्री बनाउने भएको हो । श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।
सबै पढ्नुहोस