जयनगर-कुर्था रेल सेवा तीन दिन ‘अनटाइम्ली’ सञ्चालन हुने
कार्तिक २०, २०७९काठमाडौं- जयनगर–कुर्था रेलमार्गमा यही २१ कात्तिकदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ । 
सबै पढ्नुहोस