फेरि बढ्यो पेट्रोलियम मूल्य, खाना पकाउने ग्यासमा पनि २५ रुपैयाँ वृद्धि
असार २३, २०७८नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियमको मूल्य बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २-२ रुपैयाँ बढाउने निर्णय गरेको हो । अब पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल ११२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
सबै पढ्नुहोस