हुँदा खाने र हुनेखानेका तीज
भदौ १०, २०७९काठमाडौँ- नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ ।
सबै पढ्नुहोस