प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी
कार्तिक ९, २०७९काठमाडौं- अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । ललितपुर भैंसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको प्रहरीले जनाएको छ । प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र ५ तोला सुनका गहना चोरी भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
सबै पढ्नुहोस