एसियन गेम्स क्रिकेट : ललितको स्थानमा सागर ढकालले खेल्ने
असोज ६, २०८०काठमाडौं- १९ औं एसियाली खेलकुदअन्तर्गत नेपाली क्रिकेट टोलीमा एक खेलाडी परिवर्तन हुने भएका छन्। स्पिनर ललितनारायण राजवंशी घाइते भएपछी उनको स्थान सागर ढकालले लिने भएका छन् । यसै साता ललित टियु क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । ललितको बायाँ हातको ब्यूटीबोनको शल्यक्रिया गरेपछि नेपालले १९ औं एसियाली खेलकुद खेल्न सागरलाई टोलीमा समेट्ने भएको हो ।
सबै पढ्नुहोस