कोहली र राहुलको उत्कृष्ट साझेदारीमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी
असोज २२, २०८०काठमाडौं - शीर्ष ब्याट्सम्यानद्वय विराट कोहली र केएल राहुलको धैर्यपूर्ण ब्याटिङप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको छ । आइतबार चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा विराट र राहुलको जोडी जम्दा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको लक्ष्य भारतले ४२.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
सबै पढ्नुहोस