×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पदकको आश गरिएको पब्जीमा सेमिफाइनलबाट बाहिरियो नेपाल

पदकको आश गरिएको पब्जीमा सेमिफाइनलबाट बाहिरियो नेपाल

काठमाडौं - चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद(एसियाडअन्तर्गत पदकको आश गरिएको ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलबाट बाहिरिएको छ।  समूह सीको उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको नेपाली टिमले फाइनल चरण पार गर्न सकेन ।

समूह एको सेमिफाइनलमा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै नेपाल फाइनल चरण पुग्न बञ्चित बन्यो ।

नेपालले तेस्रो स्थानमा रहेको छ । समूह एको चार टोलीमा जापान अन्तिम स्थानमा रह्यो ।

नेपालले ५४ मिनेट ३३ दशमलव ३४६ सेकेन्डको समय निकाल्यो । नेपाल भन्दा अघि रहेको ताइपेले ५२ मिनेट १९ दशमलव ३९३ सेकेन्ड र शीर्ष स्थानको कोरियाले ५० मिनेट ३७ दशमलव १५१ सेकेन्डको समय निकाल्यो । चौथों स्थानमा रहेको जापानले ५४ मिनेट ४२ दशमलव ५३१ सेकेन्डको समय निकालेको थियो ।

इ स्पोर्ट्समा पदक जित्ने आश सहित चीन पुगेको नेपालले अन्तिम विधाको रुपमा डोटामा शनिबार प्रतिस्पर्धा गर्नेछ ।
 

प्रतिकृया दिनुहोस्