×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

करण र सोमपाल बने आईएमई ग्रुपको ब्रान्ड एम्बास्डर,वार्षिक जनही ५ लाख पाउने

करण र सोमपाल बने आईएमई ग्रुपको ब्रान्ड एम्बास्डर,वार्षिक जनही ५ लाख पाउने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य करण केसी र सोमपाल कामी आईएमई ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त भएका छन् ।

आइएमई ग्रुपले एक वर्षका लागि करण र सोमपाललाई ब्रान्ड  एम्बास्डर बनाएको हो ।

एसियाली खेलकुदमा सहभागी भएर आएकै दिन विहीबार एक कार्यक्रमकाबीच आइएमईपेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले खेलाडीद्वयसँग सम्झौता गरेका हुन् । सम्झौता अनुसार करण र सोमपाल दुवैले आइएमईपेबाट जनही ५ लाख रुपैयाँ पाउने छन् । 

यस्तै, आजै आइएमईपेले नेपालमा हुने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको टिकेटिङ अधिकार लिएको छ ।

आइएमई पेले बार्षिक ७५ लाख रुपैयाँ क्यानलाई बुझाउने छ भने टिकेटको मूल्यको १२.५ प्रतिशत रकम आइएमईपेको हुने छ भने बाँकी सबै क्यानलाई नै जाने छ । टिकेटिङ अधिकार आइएमईपेले २ वर्षका लागि लिएको हो ।

प्रतिकृया दिनुहोस्