काठमाडौँ- जिल्ला समन्वय समिति रुपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गरे ।
जिल्लामा १६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाइन् ।