×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कति पुग्यो महिला क्रिकेटरको तलब ? यस्तो छ नयाँ वर्गीकरण

कति  पुग्यो महिला क्रिकेटरको तलब ?  यस्तो छ नयाँ वर्गीकरण

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ । क्यानको सोमबार बसेको बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ ।
 यसअनुसार ग्रेड 'ए'मा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड 'बी'मा कबिता कुँवर मात्र छिन् भने 'सी' ग्रेडमा  पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड 'डी'मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् ।


इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् ।

क्यानका अनुसार ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् भने बी ले ३५ हजार, सीले ३० हजार, डीले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने छन् ।

प्रतिकृया दिनुहोस्