×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक

चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक

काठमाडाैँ- आसन्न स्थानीय तहको निर्वाचनका लागि तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । साेमबार पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । 

दिउँसो ४ बजे प्रधान मन्त्री निवास बालुवाटारमा बस्ने बैठकले ७५३ पालिकामै तालमेलका लागि भागबण्डा मिलाउनबारे सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । उनका अनुसार हिजो र अस्तीको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ । मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने उनको भनाइ छ ।

परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ । ७५३ पालिकामै चुनावी तालमेल गरी भागबण्डाको गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्