×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ: प्रदेश प्रमुख परियार

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ: प्रदेश प्रमुख परियार

कर्णाली- कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताउनुभएको छ ।बकर इद ९इद–उल–अज्हा०का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुस्लिम समुदायको महान् पर्व बकर इद ९इद–उल–अज्हा०का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “बकर इद मुस्लिम समुदायको मौलिक पर्व हो । यसलाई आपसी रिस, राग र द्वेषभावलाई बिर्सेर एकापसमा खुसी, सद्भाव र शुभकामना आदान–प्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ ।”

हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ बलियो बनाउन भन्ने सन्देश बकर इदले दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सहिष्णु र सभ्य समाज निर्माण गर्न यसले सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । (रासस)

 

प्रतिकृया दिनुहोस्