×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुर्चौडीमा भत्कियो माओवादीको गढ, कांग्रेसका बमले जिते मेयर

पुर्चौडीमा भत्कियो माओवादीको गढ, कांग्रेसका बमले जिते मेयर

डडेल्धुरा - नेकपा माओवादी केन्द्रले आफ्नो गढ भन्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ । मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम विजयी भएका छन् । गएको स्थानीय तहको निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका बम यो पाली भने मेयरमा निर्वाचित भएका छन् । बम नेकपा एमालेका कर्णबहादुर कुँवर र नेकपा माओवादी केन्द्रका विक्रम कुँवरलाई पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् । 

यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै मीना धानुक विजयी भएकी छिन् । नेकपा एमालेकी जानकी साउँदलाई पछि पार्दै उनी उपमेयरमा विजयी भएकी हुन् । 

माओवादी युद्धकालदेखि नै माओवादीको प्रभाव रहेको पुर्चौंडीमा नेपाली कांग्रेसले विजय हासिल गरेको हो । यो पालिकामा माओवादीले आफ्नो संगठन बलियो रहेको बताएपनि निर्वाचनमा हार व्यहोरेको छ ।

प्रतिकृया दिनुहोस्