×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिकित्सा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

चिकित्सा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

काठमाडौं - शिक्षा मन्त्रालयले चिकित्‍सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदनले कारबाही सिफारिस गरेकामाथि छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाललाई पत्र लेख्ने निर्णय गरेको छ। 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन तथा कारबाही सिफारिस गरिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखिएको हो। उक्त पत्र लेखेर अख्तियारलाई पठाइसकेको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार हरिश भट्टले जानकारी दिए।

‘प्रतिवेदनलाई कार्यान्वयनमा लग्ने भनेर पहिल्यै निर्णय भइसकेको हो। तर कारबाही सिफारिस भएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन र छानबिनका लागि अख्तियारलाई पत्र लेख्ने मन्त्रीस्तरीय निर्णय भएको हो,’ उनले भने।

जाँचबुझ आयोगको प्रतिवेदनले ४३ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ। 

२०७४ वैशाख ४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको थियो। 

उक्त आयोगमा डा. उपेन्द्र देवकोटा र मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए। 

प्रतिवेदन मन्त्रालयमा बुझाइएको भएपनि सरकारले सार्वजनिक गरेको थिएन। तर ६ वर्षपछि मन्त्रालयले उक्त प्रतिवेदन गत चैत २८ गते सार्वजनिक गरेको थियो। 

प्रतिकृया दिनुहोस्