×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बन्दीपुरमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

बन्दीपुरमा माघे सङ्क्रान्तिमा गोरु जुधाइने

दमौली- माघे सङ्क्रान्ति पर्वको अवसरमा तनहुँको बन्दीपुरमा गोरु जुधाइने भएको छ । बन्दीपुर गाउँपालिका-२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गर्न लागिएको हो । नारायण–गोपाल युवा क्लबको आयोजनामा सो प्र्रतियोगिता हुन लागेको अध्यक्ष उज्वल गुरुङले जानकारी दिए । क्लबले प्रत्येक वर्ष माघेसङ्क्रान्त्मिा गोरु जुधाई प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिताका लागि स्थानीयवासीले नै पालेको गोरु सहभागी गराउनुपर्नेछ । प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद रु १५ हजार र दोस्रो हुनेले रु सात हजार पुरस्कार पाउनेछन् । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

प्रतिकृया दिनुहोस्