काठमाडौँ - अहिले बजारमा बैक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलताको अभावका कारण प्रभावित परेको क्षेत्रहरुमध्ये एक हो लघुवित्त क्षेत्र । क ख र ग वर्गका बैक तथा वित्तिय संस्थावाट ऋण लिएर आफना ग्राहकहरुलाई कर्जा दिदै आएका घ बर्गका लघुवित्तहरुको मूख्य श्रोतनै बाह्रय कर्जा हो । उक्त कर्जा विगत ३ महिना देखि लघुवित्तहरुले पाउन नसकिरहेको अहिलेको अबस्थामा संस्थाको कर्जा लगानीमा प्रतिकूल प्रभाव परेको छ ।
तरलताको अभावका कारण लघुवित्तहरुले आफ्ना सदस्यहरुले मागे अनुसारको कर्जा प्रवाह गर्न नसकिरहेको बेला गोरखामा केन्द्रिय कार्यालय रहेर देशका विभिन्न क्षेत्रमा ९३ शाखा स्थापना गरि वित्तीय सेवा दिदै आएको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेसगँ यसै बिषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । लघुवित्तमा लगानी गर्ने लगानीकर्ताहरुको छाता संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको तर्फवाट बिश्वबन्धु भण्डारीले सिईओ न्यौपानेसगँ गर्नुभएको कुराकानीमा आधारित सम्पादित अंश ।
साधना लघुवित्तले आफना ग्राहकहरुका लागि के–कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?
साधना लघुवित्तले विशेष गरी ग्रामिण क्षेत्रमा रहेका विपन्न समूदाय तथा उद्यमशिल ब्यक्तिहरुलाई लक्षित गरी वित्तीय सेवा प्रदान गर्दै आइरेहेको छ । कर्जा र बचतको अलवा रेमिटान्स भुक्तानी सेवासहित सामाजिक सुरक्षा सेवा, कर्जा तथा बचत सुरक्षण सेवा र सीप तथा क्षमता विकासका लागि पनि अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यसको अतिरिक्त वित्तीय संस्थाले एस.एम.एस. बैंकिङ्ग, ट्यावलेट बैंकिङ्ग मोबाईल बैकिङ्ग सञ्चालन गरि आफ्ना ग्राहक सदस्यहरुलाई प्रविधि मैत्री वनाउने प्रयास गरेको छ । मोबाइल बैकिङ्गबाट सदस्यहरुले आफ्नो कर्जा स्टेटमेन्ट हेर्ने, बचतको स्टेटमेन्ट तथा बचत टन्सफर देखि अन्य कार्य हरु गर्ने सक्ने भएकोले यस कार्यले हालको यस कोभिड माहामारीको सन्दर्भमा फलदायी हुने अपेक्षा समेत गरिएको छ ।
संस्थाको मुख्य लक्ष्य के छ ?
गरिबी निवारण र ग्रामीण विकासको मेरुदण्डको रुपमा रहेको कृषि उत्पादन, वितरण तथा बजार ब्यवस्थापनलाई जोड दिई आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वित्तीय संस्थाले लिएको छ । मूलतः ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न परिवार जो आर्थिकरुपले विपन्नवर्गको रुपमा रहेका छन् र मौजुदा बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ्ग सेवाकोे पहुँचबाट टाढा छन्, ती समुदायका मानिसहरुलाई लघुवित्त सेवा दिने यस संस्थाको मुख्य लक्ष्य रहेको छ ।
उक्त लक्ष्य हासिल गर्नका लागि स–सानो वित्तीय स्रोतको खोजी तथा व्यवस्थापन, उद्यमशीलताको विकास, वित्तीय साक्षरता, महिला सशक्तिकरण संगैं उनीहरुलाई वित्तीय रुपमा सक्षम र आत्मनिर्भर बनाउने यसको उद्देश्य हो । आफ्ना ग्राहक सदस्यहरुलाई संस्थाको विभिन्न प्रोडक्टहरु आवश्यक मात्रामा बजारीकरण गरि सेवा प्रवाहलाई छिटो छरितो तथा सहज तरिकाले प्रवाह गरि ग्राहक सदस्यहरुलाई ग्राहक सन्तुष्टि भने प्रमुख लक्ष्य रहेको छ
अहिले बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको अभाव देखीएको छ, लघुवित्त संस्थाहरुलाई यसको असर कस्तो परेको छ ?
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको उच्च मारमा यस वित्तीय संस्था पनि अछुतो रहन सकेको छैन । वित्तीय संस्थाको मूख्य श्रोतनै बाह्रय कर्जा भएको र उक्त कर्जा विगत ३ महिना देखि पाउन नसकिएको हुँदा संस्थाको कर्जा लगानीलाई प्रतिकूल प्रभाव पारेको छ । हाल शाखा कार्यालयहरुलाई थप लगानीको लागि फण्ड ब्यवस्थापन गर्न नसकिएको हुँदा आन्तरीक श्रोतवाट भइरहेका ग्राहकहरुको न्यूनतम कर्जा माग पूरा गर्न समेत अप्ठ्यारो स्थिति रहेको छ ।
त्यसैगरि हाल पाइरहेको फण्डमा कतिपय कमर्सियल बैंकका ब्याजदर अधिकत्तम बढि १४ तथा १५ प्रतिशत ब्याज दर पुर्याएकोले उक्त दरमा लगानी गरेर संस्थामा नाफाको मात्रा समेत संकुचन हुने अवस्था रहेको छ । त्यसैगरि हाल व्यवशायको मात्रा बृद्धि हुने बेलामा फण्डको माग आपुर्ति कम भएको हुनाले प्रत्यक्ष रुपमा ग्रामिण क्षेत्रका विपन्न परिवारहरुलाई पुँजीको मात्रामा अपुग हुने र उनिहरुलाई स सानो व्यवशायमा समेत सपोर्ट पुर्याउन गाह्रो हुने अवस्था रहेको छ ।
लघुवित्तले लिने व्यजदर महंगो भयो भन्ने गुनासाहरु धेरै आएका छन्, किन तपाईहरु व्याजदर धेरै लिनुहुन्छ ?
निश्चित रुपमा लघुवित्तले लिने व्यजदर महंगो भयो भन्ने अभिब्यक्तिहरु विगतमा धेरै आउने गर्दथे । तर आजको समयमा लघुवित्तको ब्याजदर महङ्गो भन्ने सवाल सायद जायज हुन सक्दैन । वित्तीय संस्थाहरुले गाउँगाउँमा गएर वित्तीय सेवा पुर्याउनु पर्ने भएको हुँदा यसको संचालन खर्च बढी हुन्छ र स सानो लगानीमा केन्द्रीत हुनुपर्ने भएका कारण यसको डकुमेन्टेसन खर्च बढी हुन जान्छ ।
त्यसैगरि लघुवित्त संस्था ग्राहकको दुर दराजमै गई सेवा प्रवाह गर्ने, प्रत्येक महिना कर्मचारी घरमै गई कर्जा, बचत तथा अन्यसेवाहरु प्रवाह गर्ने भएकोले अलि मँहगो ब्याज दर हुनु स्वाभाविक हो । लघुवित्त संस्थामा स सानो कर्जा तथा बचतको डकुमेन्टेशन सामग्रीहरुको साथै प्रति कर्मचारी कर्मसियल बैंक जस्तो बढि कर्जा नभई थोरै मात्रामा कर्जा तथा बचत चलाउने भएको हुदाँ खर्चको मात्रा निश्चय पनि बढि हुने गर्दछ ।अनि अर्कोकुरा हाल लघुवित्त वित्तीय संस्थाले लिन पाउने अधिकतम ब्याजदर नेपाल राष्ट्र बैंकले तोकेको अवस्था छ ।
त्यसैगरि क, ख र ग वर्गका बित्तीय संस्थाहरुलाई आधार ब्याज दरमा केहि प्रिमियम थप गरि कर्जा प्रवाह गर्ने अवस्था लघुवित्त संस्थामा हाल नरहेको राष्ट्रबैंकबाट अधिकत्तम ब्याज दर १५ प्रतिशत मात्र चार्ज गर्न पाउने प्रावधान रहेकोले प्राय लघुवित्त संस्थाहरुको १५ प्रतिशत नै ब्याज रहेको छ । यसमा स्वस्थ प्रतिस्पर्धा गराउन लघुवित्त संस्थाहरुलाई पनि आधार ब्याज दर कायम गरेर केहि प्रतिशत प्रिमियम राखेर कर्जा लगानी गर्ने अवस्था आएमा ब्याजदरमा स्वफुर्त तरिकाले १५ प्रतिशत भन्दा कमि हुनसक्छ तर हालको अवस्थामा हेर्नेहो भने धेरै जसो क, ख र ग वर्गको बित्तीय संस्थाहरुको कर्जाको ब्याजदर १४ तथा सो भन्दा माथी पुगेको छ ।
जहाँसम्म साधना लघुवित्तको कुरा छ, हामीले नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदरको सिमाभित्र रहि न्युनतम ब्याजदरमै लगानी गरिरहेका छौं । हामीले अहिले १४ देखि १५ प्रतिशतमा लगानी गरेका छौं । भोलिका दिनहरुमा पनि लागतका आधारमा ब्याजदर कम गर्दै ग्राहकहरुलाई सर्वसुलभ किसिमले ऋण प्रवाह गर्ने योजनाका साथ हामीले हाम्रा कार्यक्रमहरु अघि बढाएका छौं ।
केहि महिना अगाडी नेपाल राष्ट्र बैकले लघुवित्तहरुकै लागि जारी गरेको एकिकृत निर्देशन २०७८ को बिषयमा तपाईको प्रतिक्रीया के छ ?
नेपाल राष्ट्र बैंकले मिति २०७८÷०९÷२० गते एकिकृत निर्देशन २०७८ जारी गरेको छ । यस निर्देशनमा कतिपय जस्तै विनाधितो कर्जा सिमा बढाइएको छ । लघुवित्त वित्तीय संस्थाहरुले पौष मसान्त देखि आधार दर तयार गरी पठाउनुपर्ने ब्यवस्थाले भविश्यमा आधार दरको आधारमा ब्याजदर कायम गर्न सकिनेमा आशा गर्ने ठाउँ देखिएको छ ।
लघुवित्त वित्तीय संस्थाहरुमा बढ्दो क्रममा रहेको विभिन्न प्रकृतिका जोखिमहरुको न्यूनिकरणको थप नीतिगत ब्यवस्था गरिएको छ भने अन्य अधिकांश निर्देशनहरु पहिलेनै विभिन्न मितिमा परिपत्र मार्फत् पठाइएका निर्देशनहरुलाई समेटिएको छ । हालै परिपत्र मार्फत जारी गरेको निर्देशनले क,ख तथा ग वर्गको बैकं तथा बित्तीय संस्थाको १० तथा सो भन्दा बढि प्रतिशत लगानी भएको लघुवित्त संस्थाले २०७९ अषाढ मसान्तसम्म एक आपसमा मर्जरको लागि कार्ययोजना पेश गर्नुपर्ने अवस्थाले आउने दिनहरुमा लघुवित्त संस्थाहरु मर्ज भई थप सबल भएर जानेछ भन्ने मलाई लागेको छ ।
दोहोरो लगानी ( Cross Holding ) का कारण धेरै लघुवित्तहरुलाई एक आपसमा गाभ्न / गाभिन वा प्राप्तिमा जाने गरि कार्ययोजना पेश गर्न नेपाल राष्ट्र बैकले निर्देशन दिएको छ, साधना लघुवित्तमा दोहोरो लगानी को समस्या छ कि छैन् ? भए गाभ्न / गाभिने योजना के छ ?
नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुरुपको दोहोरो लगानी Cross Holding को कारणवाट मर्जर / प्राप्तिमा जानुपर्ने वाध्यात्मक परिस्थिति यस वित्तीय संस्थालाई रहेको छैन । तथापी साधना लघुवित्त वित्तीय संस्थाले उपयुक्त अन्य लघुवित्त वित्तीय संस्थासंग मर्जर÷प्राप्ति गर्न ढोका खुला गरेको छ । सो सम्बन्धी अख्तियारी साधारणसभाले सञ्चालक समितिलाई प्रदान गरेको छ । तसर्थ साधना लघुवित्त आफ्नो लक्ष्यमा विचलित नहुने गरी अन्य लघुवित्त संस्थाहरु विच मर्जरमा जान तयार रहेको जानकारी गराउन चाहान्छु ।
अन्त्यमा, लघुवित्तको दिगो विकासका लागि माईक्रोफाइनान्स एसोसिएसनले के के गर्नुपर्ला ?
वास्तवमा लघुवित्तको दिगो विकास अपरिहार्य छ भनी लगानीकर्ताहरु एवं संरक्षकहरुको सक्रियतामा माइक्रोफाइनान्स एसोसिएसन नामक संस्था जन्मनु नै हाम्रो लागि गौरवको कुरा हो । जवकि यो क्षेत्रको समस्या र बस्तुगत स्थितिका वारेमा हामीले बुझाई रहनुपर्ने आवश्यकता रहँदैन । बरु थप समन्वय एवं संरक्षकत्व पाएको महशुष भएको छ ।
जहाँसम्म लघुवित्तको दिगो विकासका लागि माईक्रोफाइनान्स एसोसिएसनले के गर्नु पर्ला भन्ने कुरा छ । साँच्चै नै लघुवित्त क्षेत्रमा समय समयमा आउने प्रतिकुलतालाई न्यूनिकरण गर्न माईक्रोफाइनान्स एसोसिएसन एक स्टेप अगाडी बढ्नु नै पर्नेछ । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने गरी लघुवित्तकोे खास मर्म र भावना अनुसार वित्तीय पहुँच विस्तार गर्नुपर्छ ।
बजार उन्मुख क्षेत्रमा कर्जा प्रवाहको क्षेत्र खासगरी व्यापार र उपभोग देखिएको छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो त हुन्छ तर, दीर्घकालमा त्यो निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्त संस्थाहरुले थप संभावनाको खोजी गर्नु जरुरी छ । तसर्थ आजैदेखि हामी दिगोपनाको खोजीमा क्रियाशील भएर लाग्यौं भने भोलिका दिनमा समस्या आउँदैन भन्ने कुरामा माईक्रोफाइनान्स एसोसिएसनले साझा धारणा बनाई अगाडी बढ्नु पर्ने देखिन्छ ।
त्यसै गरि हाल बित्तीय बजारमा तरलता अभावको कारण होलसेल फण्ड पाउन एकदमै गाह्रो रहेको छ यस अवस्थामा माईक्रोफाइनान्स एसोसिएसनले नेपाल राष्ट्र बैंक, क वर्गका बैंकर संघ तथा विकास बैंक बैंकर संघमा अन्तरकृया गरि समाधानको केहि उपायहरु बारेमा पहल गर्दा राम्रो हुने थियो । माईक्रोफाइनान्स एसोसिएसनले लघुवित्त संस्था र नियमक निकायहरुमा पुलको रोल निर्वाह गर्दा अझै राम्रो हुने थियो ।