×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ- सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको छ। वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भएको हो।

बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको उल्लखे छ। सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सार्वजनिक सूचना निकाल्दै कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

 

प्रतिकृया दिनुहोस्