×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवा पक्षका सातै प्रदेशका काँग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै

देउवा पक्षका सातै प्रदेशका काँग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ । सभापति देउवाले आफू निकटका नेताहरूलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् ।

स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरूलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ । देउवा पक्षीय एक केन्द्रीय सदस्यले भने, ‘सभापति देउवा पक्षका सबै केन्द्रीय सदस्यको बैठक बोलाउनुपर्ने माग थियो । धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ ।’

प्रदेश १ का देउवा पक्षको बैठक बुधवारका लागि बोलाइएको छ । पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रदेश १ का संस्थापन पक्षका केन्द्रीय सदस्यको बैठक गर्न देउवाले निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस्