×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दार्चुलामा मतदान गर्न गएका होटेल व्यवसायीको हत्या

दार्चुलामा मतदान गर्न गएका होटेल व्यवसायीको हत्या

काठमाडौं- दार्चुलाको व्यास गाउँपालिका-४ डोकटमा एक होटेल व्यवसायीको हत्या भएको छ। खलङ्गा बजारमा होटेल व्यवसाय गर्दै आएका नरसिंह विष्टको हत्या भएको प्रहरीले जनाएको छ। 

मतदान गर्न खलङ्गाबाट व्यास गएका बेला उनको हत्या भएको र शव सुनसेराको खोला किनारमा फेला परेको थियो। मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पर रहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ। दार्चुलाका प्रहरी प्रवक्ता राजेश शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीयले दार्चुला-तिंकर सडकको सुनसेरामा खण्ड अवरुद्ध पारेका छन्।

प्रतिकृया दिनुहोस्