काठमाडौँँ- आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत यूएईसँग पहिले फिल्डिङ गरिरहेको नेपालले बलिङमा उत्कृष्ट शुरुवात गरेको छ ।
दशौँ ओभरको खेल सकिँदा यूएईले ३५ रन जोड्न ३ विकेट गुमाइसकेको छ । नेपालका लागि तीनै विकेट सोमपाल कामीले लिएका छन् ।
उनले मोहम्मद वासिम, बृत्य अरबिन्द र चिराग सुरीको विकेट लिएका हुन् । वासिमले २१ रन बनाएका थिए भने अरबिन्द ३ र सुरी ६ रनमा आउट भए। सोमपालको उत्कृष्ट प्रदर्शनसँगै यूएई दबाबमा परेको छ । अहिलेसम्म खेलमा ५ ओभर बलिङ गरेका सोमपालले १४ रन दिएर ३ विकेट लिएका छन् ।