×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चार वर्षीया बालिकाको जलेर मृत्यु

चार वर्षीया बालिकाको जलेर मृत्यु

विराटनगर: ओखलढुङमा एक बालिकाको जलेर मृत्यु भएको छ । सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो ।

ओखलढुङगा मानेभञ्ज्याङ–६ मा रहेको मामा घरमा गएको बेलामा उनी जलेकी प्रहरीले जनाएको छ । मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुँदा आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

गोठमा रहेका दुईवटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको प्रहरीले जनाए

प्रतिकृया दिनुहोस्