×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले विधान महाधिवेशनमा प्रभु साह नजाने

एमाले विधान महाधिवेशनमा प्रभु साह नजाने

काठमाडौँ - नेकपा एमालेको विधान महाधिवेशनमा नेता प्रभु साह सहभागी नहुने भएका छन् ।  पहिलो पटक हुन लागेको विधान महाधिवेशनमा नेता साह नजाने भएका हुन् । उनी केही समयदेखि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् ।

सर्वोच्च अदालतको फैसलाले नेकपा टुक्रिँदा माओवादी छाडेर एमालेतिरै लागेका नेता साह हाल पार्टीमा निष्क्रिय  छन् । उनले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टि जनाएका थिए । उनले महाधिवेशनमा नेता चयनको विधि परिवर्तन गर्नुपर्ने लगायत माग राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्