काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीको सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको बताएका छन् । सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे । उनले एमसीसीको विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताए ।
सभामुख सापकोटाले एमसीसी लगाएतका विषयमामा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताए । उनले अहिलेको अवस्थामा आफू सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताए ।
बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सवै दलले आ(आफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक लिएको बताए । उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफू रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे ।
आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उनले बताए । सदनलाई सुचारु गर्ने र छलफलको वातावरण बनाउनु नै अहिले राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरामा सबै एकमत रहेको उनको भनाइ छ ।
त्यस्तै नेकपा ९एकीकृत समाजवादी०का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिए । उनले एमसीसी लगाएतका विषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताए । उनले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको धारणा राखे । सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी थिएन ।