×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

स्पेनलाई पेनाल्टीमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा

स्पेनलाई पेनाल्टीमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं - अफ्रिकन राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले स्तब्ध पार्दै मोरक्को अन्तिम आठमा पुगेको हो ।
मोरक्को विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो । मोरक्को क्वाटरफाइनल पुग्ने चौंथो अफ्रिकन राष्ट्र बनेको छ । एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।    

पेनाल्टीमा मोरक्कोले बाजी मार्यो । पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे ।

बदर बेनोनको पेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके । पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।

सराबियाले पोस्टमा प्रहार गर्दा सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनले रोकेका थिए ।पेनाल्टी अघि दुबै टोलीले पाएको अवसरलाई खेर फालेका थिए । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । पूर्व विजेता स्पेन भने प्रतियोगिताबाट बाहिरिएको छ ।
 

प्रतिकृया दिनुहोस्