×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विप्लवकाे घाेषणा : कात्तिक ३० गते नेपाल बन्द

विप्लवकाे घाेषणा : कात्तिक ३० गते नेपाल बन्द

काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले बिहीबार विज्ञप्तिमार्फत आन्दोलन घोषणा भएको जनाएका छन् । विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जनस्तरमा पेट्रोलियम भइरहेको विरोध भइरहेका बेला नेकपाले पनि आन्दोलनको घोषणा गरेको हो । जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यस प्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ ।’

कात्तिक २५ गतेदेखि शुरू हुने आन्दोलन अन्तर्गत कात्तिक ३० गते नेपाल बन्द घोषणा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्