×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीकाे प्रतिवेदन : सरकारकै कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिममा

ओलीकाे प्रतिवेदन : सरकारकै कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिममा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)का कारण नेपालको बाह्य सम्बन्धन खलबलिएको दाबी गरेका छन् । एसपीपीसँगै नागरिकता विधेयकमा सरकारको अनुचित हठ, जलस्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारी आदिले नेपालको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको उनले बताएका छन् ।

पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकमा शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले उक्त कुरा उल्लेख गरेका हुन् । ‘एसपीपी सम्झौताको भित्री तयारी, नागरिकता विधेयक सम्बन्धमा उत्पन्न सरकारको अनुचित हठ, जलस्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारीहरू, छिमेकी सम्बन्धमा उत्पन्न असन्तुलन आदिका कारण मुलुकको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

ओलीले सरकारकै गलत नीति र व्यवहारका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिमपूर्ण अवस्थामा पुगेको औंल्याएका छन् ।

प्रतिकृया दिनुहोस्