×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वकपका लागि स्पेनको टोली घोषणा

विश्वकपका लागि स्पेनको टोली घोषणा

काठमाडौं- २० नाेभेम्बरबाट कतारमा सुरू हुने फिफा विश्वकपका लागि स्पेनकाे टाेली घाेषणा भएकाे छ । मुख्य प्रशिक्षक लुइस एनरिकले शुक्रबार २६ सदस्यी टाेली घाेषणा गरेका हुन् ।

टाेलीमा सर्जियाे रामाेस, थियागाे जस्ता अनुभवी खेलाडीले स्थान बनाउँन नसक्दा पेड्री,पाउ टाेरेस जस्ता युवा प्रतिभा अटाएका छन् । त्यस्तै,अन्सु फातीले टाेलीमा पुनरागमन गरेका छन् । समूह ‘इ’ मा रहेकाे स्पेनले २३ नाेभेम्बरमा काेस्टारिकासँगकाे खेलबाट विश्वकपकाे सुरूवात गर्नेछ ।

गोलकिपर: डेभिड राया(ब्रेन्टफोर्ड ), रोबर्ट सान्चेज(ब्राइटन),उनाई साइमन (एथलेटिक क्लब बिलबाओ )

डिफेन्डर: जोर्डी अल्बा (बार्सिलोना),  ह्युगो गुइलामोन (भ्यालेन्सिया ),सिजर अज्पिलिकुएटा (चेल्सी),डानी कार्भाजल (रियल मड्रिड ),एरिक गार्सिया (बार्सिलोना),जोस गाया (भ्यालेन्सिया),एमेरिक लापोर्टे (म्यानचेस्टर सिटी ),पाउ ​​टोरेस (भिल्लारियल) 

मिडफिल्डर: सर्जियो बुस्केट्स (बार्सिलोना),गाभी( बार्सिलोना),कोके (एट्लेटिको मड्रिड),मार्कोस लोरेन्टे (एट्लेटिको मड्रिड),पेड्री(बार्सिलोना), रोड्री (म्यानचेस्टर सिटी),कार्लोस सोलर पेरिस सेन्ट जर्मेन), ड्यानी ओल्मो (आरबी लाइप्जिग)

फरवार्ड: मार्को एसेन्सियो (रियल मड्रिड ),अन्सु फाती( बार्सिलोना),अल्भारो मोराटा (एट्लेटिको मड्रिड),यरेमी पिनो (भिल्लारियल),फेरान टोरेस (बार्सिलोना ),निको विलियम्स(एथलेटिक क्लब बिलबाओ) ,पाब्लो साराबिया (पेरिस सेन्ट जर्मेन) एजेन्सी

प्रतिकृया दिनुहोस्