×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ।२९ भदौभित्र  जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो। बैठक अपरान्ह २ बजे बस्नेछ। मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ। जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ। जसमा बुधवारको बैठकमा थप छलफल हुनेछ।
१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो। सो सिफारिस समितिले जबराका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो।

प्रतिकृया दिनुहोस्