×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नतिर लाग्छु: कांग्रेस नेता सिंह

जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नतिर लाग्छु: कांग्रेस नेता सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनका बेला जनतासंग गरेका प्रतिबद्धता पुरा गर्न गम्भीर भएर लाग्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित ४०० औं हप्ता बुद्धनगर सरसफाइ अभियान तथा सम्मान कार्यक्रममा नेता सिंहले जनताले आफुलाई विश्वास गरेर प्रतिनिधि सभामा पुन: निर्वाचित गरेको भन्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने आत्मविश्वास आफुमा रहेको बताए।

आफु जनतासँगै बसेर समस्या समाधान गर्न पछि नहट्ने सिंहको भनाइ छ। सरकारी तवरबाट प्रभावकारी रुपमा सेवा प्रवाह हुनुपर्ने जनताको आवाजलाई आफुले महशुस गरेको र संसदबाट पनि जनताको आवाजलाई सरकारसमक्ष पुर्‍याउन भूमिका खेल्ने उनले बताए।

काठमाडौंको खानेपानी समस्या समाधान गर्न आफुले प्रधानमन्त्रीसँगै बसेर छलफल गरेको पनि उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्