×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साली नदीमा केएमसीले शुरु गर्‍यो एक महिने स्वास्थ्य शिविर

साली नदीमा केएमसीले शुरु गर्‍यो एक महिने स्वास्थ्य शिविर

काठमाडाैँ- काठमाडौँको शंकरापुर नगरपालिका-७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । श्रीस्वस्थानी व्रत लिनेहरूलाई लक्षित गरी काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतबारबाट शिविर शुरु गरेको हो ।

साली नदीमा श्रीस्वस्थानी व्रत लिनेहरूको घुइँचो लाग्ने गरेको छ । व्रतालुहरूलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर एक महिनासम्म सञ्चालन हुने केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच, औषधि वितरण, ल्याब टेस्ट, भिडियो एक्स-रे, इसीजी लगायत सेवा निःशुल्क प्रदान गरिदैछ । बिरामीको उपचारका लागि केएमसीका विशेषज्ञ डाक्टरहरूको टोली शिविरमा खटिएको छ ।

डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले विभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरूको निःशुल्क उपचार गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्