×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको रानीबारी क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौंको रानीबारी क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं- काठमाडौंको रानीबारी क्षेत्रमा आज आइतबार चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ। बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

काम छिटो सकियो भने ३ बजेभन्दा अगाडि नै र प्राविधिक कारणले काममा ढिलो भयो भने ३ बजेभन्दा पछिमात्र पनि विद्युत आपूर्ति सुरु हुन बताइएको छ। काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम चलिरहेको छ। अबको एक वर्षभित्र काठमाडौंमा सबै तार भूमिगत गरिसक्ने प्राधिकरणको लक्ष्य छ।

प्रतिकृया दिनुहोस्