×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेसीले बेनफिकाविरुद्धको खेल गुमाउने

मेसीले बेनफिकाविरुद्धको खेल गुमाउने

काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी पिँडौलाको चोटका कारण मंगलबार च्याम्पियन्स लिगमा बेनफिकाविरुद्धको खेल गुमाउने भएका छन् । ३५ वर्षीय मेसीले गएको साता पोर्चुगलमा सम्पन्न खेलमा बेनफिकाविरुद्ध गोल गरेका थिए । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

अर्जेन्टिनाका फरवार्ड मेसीले गएको शनिबार फ्रेन्च लिग वानमा रेम्सविरुद्धको खेल पनि गुमाएका थिए । पीएसजीले उक्त खेल गोलरहित बराबरी खेलेको थियो । जासरी सिजन पीएसजीले गोल गर्न नसकेको यो पहिलो खेल हो । ‘‘गत साता बेनफिकाविरुद्धको खेलमा मेसीले पिँडौलामा असहज महसुस गरेका थिए । अहिले उनको अवस्थामा सुधार भएको छ । तर, अझै पूरा ठिक भइसकेको छैन । उनी आगामी खेलमा पनि अनुपस्थित हुनेछन्,’’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले भने, ‘‘तर, उनी लिगमा मार्सेविरुद्धको खेलका लागि ठिक हुनेछन् ।’’

च्याम्पियन्स लिगमा पीएसजी सात अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बेनफिकाले पनि सात अंक नै जोडेको छ । तीन अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । मेसीसँगै पीएसजीका प्रेसनेल किम्पेम्बे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने बेनफिकाविरुद्धको खेल गुमाउनेछन् ।

प्रतिकृया दिनुहोस्