×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘मिस्टर भर्जिन’ निर्देशक विशारद बस्नेतको निधन

‘मिस्टर भर्जिन’ निर्देशक विशारद बस्नेतको निधन

लेखक, कलाकार तथा निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोना भाइरसको कारण लामो समययता उपचाररत बस्नेतको ३९ वर्षको उमेरमा  शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यसअघि उनका बाबु र हजुरआमाको समेत कोरोनाकै कारण निधन भएको थियो । अस्पतालबाट पोस्ट गर्दै उनले आफू कोरोना सङ्क्रमित भएको बताएका थिए ।

भारतमा जन्मिएका विशारदले चलचित्र मिस्टर भर्जिन निर्माण गरेका थिए भने न यता न उता चलचित्रसमेत निर्देशन गरेका थिए । थिएटरको २ दशकको अनुभव बटुलेका बस्नेतले भारतलगायतका देशमा प्रशिक्षणसमेत लिएका थिए ।

प्रतिकृया दिनुहोस्