×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दोस्रो अभ्यास खेलमा नेपालको जित

दोस्रो अभ्यास खेलमा नेपालको जित

भरतपुर- विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ । पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले हरायो । गएराति भएको खेलको कप्तानी रोहित पौडेलले गरेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर एक बलमा २ सय ५० रनमा अलआउट भयो ।

नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे । आरिफ शेखले ४१, दिपेन्द्रसिंह ऐरीले २४ र देव खनालले १९ रन जोडे । ह्युस्टन हरिकेन्सका मोहम्मद इलियासले पाँच र हरमित सिंहले दुई विकेट लिए । २ सय ५१ रनको लक्ष्य पाएको ह्युस्टन हरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो । उसका निनाद निम्बाल्कर ९९ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले पाँच तथा सागर ढकालले दुई विकेट लिए । आईसीसी विश्व कप लिग दुईमा नेपालले अमेरिका र ओमानसँग दुई÷दुई वटा श्रृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्नेछ । त्यस्तै जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्