×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवौँ राष्ट्रिय खेलकुदमा राष्ट्रपति नआउने, उपराष्ट्रपतिले उद्घाटन गर्ने

नवौँ राष्ट्रिय खेलकुदमा राष्ट्रपति नआउने, उपराष्ट्रपतिले उद्घाटन गर्ने

पर्वत- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्ने भएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको थियो। तर राष्ट्रपति भण्डारी बिरामी भएका कारण उपराष्ट्रपति पुनले उद्घाटन गर्न लागेका हुन्। 

यस अघि २०७६ सालमा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले नै गरेकी थिइन्। उद्घाटन कार्यक्रम शुक्रबार दिउँसो ३ः३० बजे पोखरा रंगशालामा हुनेछ। प्रतियोगिताको औपचारिक कार्यक्रम हुने रंगशालालाई आकर्षक बनाइएको छ।

उद्घाटन सत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी, विद्यार्थी लगायतले विभिन्न डेमो प्रदर्शन गर्ने छन्। उद्घाटन कार्यक्रममा नेपाली सेनाको टोलीले मार्च पास सहित सलामी अर्पण गर्ने कार्यक्रम छ।

उद्घाटनकै वेलामा कलाकारले सांगीतिक प्रस्तुति दिने रविद्यार्थीले सामूहिक नृत्य गर्नेतयारी पनि भइरहेको छ। उद्घाटन कार्यक्रम झण्डै दुई घण्टा चल्ने छ।

प्रतिकृया दिनुहोस्