×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

राष्ट्रपति निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं- राष्ट्रपति चुनावको लागि आज(शुक्रवार) मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।  

मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच वटा निवेदन परेका छन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार आगजनी मुद्दामा छ महिना कैद भई निलम्बन अवस्थामा मतदाता सूचीमा नपरेका कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले नाम समावेशका लागि निवेदनदिएका छन्। राष्ट्रपतिबाट आममाफी पाएर निलम्बन फुकुवा भएपछि चौधरीले आफ्नो नाम समावेशका लागि निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएक हुन्।

यसैगरी अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभाका दुई, राष्ट्रिय सभाका एक र प्रदेश  सभाका एक सदस्यले नाममा फरक परेको भन्दै सच्याएर सूची संशोधन गर्न निवेदन दिएका छन् । सरस्वती खड्का, दुर्गा गुरुङ, सञ्जुकुमारी चौधरी र संगीता मण्डल धानुकले निवेदन दिएका हुन्  । यी निवेदनहरूमा निर्णय गरेर आज अन्तिम नामावली प्रकाशन गरिने सहायक निर्वाचन अधिकृत शर्माले बताए  ।  

आउँदो २५  गते हुने राष्ट्रपति चुनावमा प्रतिनिधि सभाका २७३, राष्ट्रिय सभाका ५९ र प्रदेश सभाका ५५० गरी कुल ८८२ मतदाता छन् । सङ्घीय संसद्तर्फ एक मतदाताको मतभार ७९ र प्रदेश सभातर्फ ४८ मतभार रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि शनिवार राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ ।
 

प्रतिकृया दिनुहोस्