काठमाडौं- जहिले पनि प्रतिस्पर्धाका लागि आयोजना गरिने देउडा गीत गाउने कार्यक्रम शुुक्रबार भने बिना प्रतिस्पर्धा आयोजना गरिएको छ। प्रतियोगिता आयोजना गर्दा अस्वस्थ हुने देखिएपछि त्यसलाई मर्यादित रूपमा कार्यक्रम सञ्चालन गर्न यसरी कार्यक्रम आयोजना गरिएको हो।
हुम्लाको मौलिक पहिचानका रुपमा रहेको देउडा गीतको संरक्षणका लागि स्थानीयबीच कार्यक्रम आयोजना गरे। कुनै मेला, पर्व वा समारोहबिनै स्थानीयले देउडा गीत गाउने कार्यक्रम आयोजना गरेर यसको संरक्षणमा लाग्ने गरिएको थियो।
बिनाप्रतिस्पर्धा महिला र पुरुषबीच देउडा गीत गाउने कार्यक्रम आयोजना गरेर यसको संरक्षणमा लागेको सिमकोट गाउँपालिका–६ का स्थानीय देउडा संरक्षण समाजका सदस्य टेकबहादुुर रोकायाले बताए।
यसअघि देउडा गाउने कार्यक्रम राख्न कुनै मेला, पर्व, चाड वा समारोह हुनुुपथ्र्यो। तर, उनले यतिबेला पनि मैत्रीपूर्ण कार्यक्रम आयोजना गरेर मनोरञ्जन पनि हुने र देउडाको संरक्षण पनि हुने विश्वाससाथ यो कार्यक्रम आयोजना गरिएको बताए।
देउडा गाउन महिला तथा पुरुषलाई स्थानीय वेशभूषामा सजिन आयोजकले आग्रह गरेअनुुसार सहभागी समूहमा सजिएका थिए। सनलाइट क्लबको समेत समन्वयमा सञ्चालन भएको कार्यक्रममा सिमकोट गाउँपालिकाभरिका आठ वटा महिला पुुरुषका समूहको सहभागिता थियो।
उनीहरूलाई कुनै पुरस्कारको व्यवस्था नगरिए पनि खाना खर्च भने आयोजकले दिनेछन्। यसमा महिला–पुुरुष र महिला–महिलाबीच देउडा गाउने कार्यक्रम गरिएको थियो। जसमा १२० जना महिला–पुरुष देउडा गाउने कार्यक्रममा सहभागी थिए। यसअघि देउडाकै संरक्षण गर्ने भन्दै सिमकोट गाउँपालिका–५ को तल्लो गाउँले नयाँ वर्षको शुुभकामना आदान प्रदान पनि देउडा गीतबाटै आयोजना गरिएको थियो।