×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैठक सकेर घर फर्केका गाउँपालिका अध्यक्षको निधन

बैठक सकेर घर फर्केका गाउँपालिका अध्यक्षको निधन

काठमाडाैँ- धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको ७० वर्षको उमेरमा निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको हाे । 

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यक्रिया हुन नसकेको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले बताइन् । बिरामी शेख शनिबार साँझसम्म पनि बैठकमा व्यस्त थिए ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।

प्रतिकृया दिनुहोस्