काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजदेखि केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि उठाएका प्रश्नका विषयमा पदाधिकारीले जवाफ दिने कार्यसूची छ । सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेको, महामन्त्रीहरू व्यक्तिवादी तवरले चलेको आरोप लागेको छ। देउवाले महामन्त्रीहरूलाई ‘स्पेस’ नदिएको आरोप पनि लागेको छ ।
सरकारको आलोचना भएपछि बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आफूले गरेका कामका बारेमा जवाफ दिने कार्यक्रम राखिएको हो । सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । महतका अनुसार जारी बैठक आज समापन गर्ने तयारी छ ।