×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौका आकासे पुल तत्काल मर्मत गर्न र पारदर्शी बनाउन उपमेयर डंगोलको निर्देशन

काठमाडौका आकासे पुल तत्काल मर्मत गर्न र पारदर्शी बनाउन उपमेयर डंगोलको निर्देशन

काठमाडौं- महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छिन्। महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकासे पुल असुरक्षित भएकोले आकासे पुलसुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी थिइन् ।

‘आकासे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ, बारहर अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’ डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाइ अलपत्र बनाएर हुँदैन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नु ।’

महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्