काठमाडाैँ- स्थानीय निर्वाचनको आचारसंहिताका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गरिरहेकाे छ । छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ ।
यस्तै आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्ने बताइएकाे छ । छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
यसअघि दलहरूले निर्वाचन आचारसंहितामाथि टिप्पणी गरेका थिए । यसपछि आयाेगका प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूकै सुझावमा आचारसंहिता बनाइएकाे जिकिर गर्दै यसलाई सबैले मान्नुपर्ने बताएकाे थिए ।