काठमाडौं - बागमती प्रदेश सरकारको राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छ। नेपाली कांग्रेसले वर्तमान प्रदेश सरकारसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेलगत्तै नेकपा एमालेले पनि सरकार छाड्ने निर्णय गरेको हो। एमाले केन्द्रीय नेतृत्वको निर्देशनपछि सरकारमा सहभागी आफ्ना ६ जना मन्त्रीहरूलाई तत्काल राजीनामा बुझाउन भनिएको छ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै सरकारमा रहिरहनुको औचित्य नरहेको निष्कर्ष एमालेले निकालेको हो। दुई ठूला दलले सरकार छाडेसँगै बागमती प्रदेश सरकार संकटमा परेको छ भने अब नयाँ गठबन्धन कस्तो बन्ला भन्ने चासो ह्वात्तै बढेको छ।