इटहरी - धरान उपमहानगरपालिकाले आज (मङ्गलबार) कात्तिके पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको छ।
कात्तिके पूर्णिमा अर्थात् वराहक्षेत्र मेलाको अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको हो। हरेक वर्ष झैँ यस वर्ष पनि नगरले बिदा दिएको उल्लेख गरेको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै यसदिन विद्यालय, क्याम्पस, वडा कार्यालय, नगरपालिका सबैमा बिदा दिइएको उल्लेख गरिएको छ।
अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द रहने जनाइएको छ।