×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अमेरिका पुगेकी मन्त्री झाँक्रीले भनिन्- ‘गठबन्धन सन्तोषजनक भएन, यसको हिसाब मिलान गर्नुपर्नेछ’

अमेरिका पुगेकी मन्त्री झाँक्रीले भनिन्- ‘गठबन्धन सन्तोषजनक भएन, यसको हिसाब मिलान गर्नुपर्नेछ’

काठमाडौँ- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सत्ता गठबन्धन सन्तोषजनक नभएका बताएकी छन् । हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत गठबन्धन सन्तोषजनक नभएका बताएकी हुन् । 

मन्त्री झाँक्रीले गठबन्धनका दलहरूको बिचमा हार्दिकतापूर्ण वातावरण बनाउन नसकेकोसमेत स्वीकार गरिन् । ‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन,’ उनले अगाडि भनेकी छन्, ‘गठबन्धनका दलहरूको बिचमा हामीले आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ ।’

वार्ता संवादमा केही दम्भ देखिको बताएकी उनले यसको हिसाब मिलान गर्नुपर्ने उल्लेख गरेकी छन् । ‘हाम्रा वार्ता संवादमा केही दम्भ देखियो । यो बिचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ । बस १’ मन्त्री झाँकीले भनेकी छन् ।

मन्त्री झाँक्री अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न गत शुक्रबार अमेरिका गएकी हुन् । उनी अप्रिल ३१ तारिखमा स्वदेश फर्किने तय भएको छ ।

प्रतिकृया दिनुहोस्