×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमसीसी पारित गराउन अमेरिकाले दबाब दिएको छैन: कांग्रेस प्रवक्ता महत

एमसीसी पारित गराउन अमेरिकाले दबाब दिएको छैन: कांग्रेस प्रवक्ता महत

काठमाण्डौं- सत्ताको बागडोर सम्माली रहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले कुनै पनि दबाब नदिएको बताएका छन् । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको प्रष्ट पारेका हुन् ।

सोमवार काठमाण्डौमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताए । प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन नेपाल आफैँ सक्षम रहेको दाबीसमेत गरेका छन् । नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्वीकार गर्न नेपाल सरकार तयार रहेको पनि बताउए ।

प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको उल्लेख गर्दै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।
प्रवक्ता महतले चीनसँग सम्झौता गरिएको बीआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्