×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मिडिया अवार्डबारे छानबिन गर्न महासंघले समिति बनाउने

मिडिया अवार्डबारे छानबिन गर्न महासंघले समिति बनाउने

काठमाडौँ- पत्रकार महासंघले मिडिया अवार्डमा महासंघको संलग्नतालगायत विषयमा छानविन गर्न तीन सदस्यीय समिति बनाउने भएको छ । कपिलबस्तुको तौलिहवामा चलिरहेको केन्द्रीय समितिको बैठकले मिडिया अवार्डमा महासंघको संलग्नतालगायत विषया छानविन गर्न महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यको संयोजकत्वमा पूर्व सभापतिहरु धर्मेन्द्र झा र शिव गाउँले रहेको तीन सदस्यीय छानविन समिति बनाउने सहमति गरेको एक केन्द्रीय सदस्यले मकालुखबरलाई जानकारी दिए ।

आजको बैठकको शुरुमै केन्द्रीय सदस्यहरुले निजी कम्पनीले आयोजना गरेको मिडिया अवार्डमा महासंघ पनि सामेल भएको विषय तथा पार्टीको महाधिवेन प्रतिनिधिमा चयन भएर पनि महासंघमै रहेकी उपाध्यक्ष बाला अधिकारीका विषयमा प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि पदाधिकारीको छुट्टै बैठकले यसबारेमा छानविन गर्न तीन सदस्यीय समिति बनाउने प्रस्ताव गरेको हो ।

अधिकारीले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै अब आफ्नो गन्तब्य पार्टी राजनीति रहेको भन्दै महासंघबाट राजिनामा दिएको बताएकी थिइन् । तर उनी पनि आजको बैठकमा उपस्थित भएको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका थिए ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्