×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बन्दकर्ताले बिहानै गरे गाडीमा आगजनी

बन्दकर्ताले बिहानै गरे गाडीमा आगजनी

काठमाडौँ- बन्धकर्ताले दाङमा बिहानै गाडीमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । 

चार/पाँच जनाको समूहमा रहेका बन्धकर्ताले टिप्परको अघिल्लो भागमा आगो झोसेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । उनकाअनुसार घटनास्थलमा प्रहरी पुगेको र आगजनीमा संलग्नहरूको खोजी शुरु गरेको छ ।

‘विप्लव’को नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्