×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिगास गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सिगास गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बैतडी - बैतडीको सिगास गाउँपालिकामा आजदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । सिगास गाउँपालिका वडा नं. २ अर्जुन मावि गाँजरीको प्राङ्गणमा आज एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गरिएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले जानकारी दिए ।
    सिगास गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाभरीका १५ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी र छात्रछात्रा एथलेटिक्सका खेलहरु सञ्चालन हुने शिक्षा शाखा प्रमुख भट्टले बताए । पौष २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताइएको छ     सिगास गाउँपालिका –१ का वडा अध्यक्ष रामचन्द्र ऐरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामी प्रमुख अतिथी रहेकी थिइन् । प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगिताका लागि सिगासको टीम तयार हुने शिक्षा शाखा प्रमुख भट्टले बताए । सिगास गाउँपालिकाको आयोजना तथा अर्जुन मावि गाँजरीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।
   प्रतियोगिताको पहिलो दिन आज सिगास ३००० मिटर दौड (छात्र छात्रा ), २०० मिटर दौड (छात्र छात्रा), सटपट (छात्र छात्रा) ज्याब्लिङ्थ्रो (छात्र छात्रा) भलिबल २/२ खेल छात्र छात्रा(लिग चरण), कबड्डी १/१ खेल छात्र छात्रा(लिग चरण) र मैत्रीपूर्ण भलिबल खेल (शिक्षक vs शिक्षक कर्मचारी) बीच सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्